News Category 2082/08/03
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको चार महिना मै महिला घर निकाला
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारकी एक महिला पर्याप्त दाइजो नल्याएको भन्दै ससुराली पक्षबाट प्रताडित भएकी छिन ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गरी २२ वर्षिया सुमन कुमारी मण्डलले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन । विहे भएको चार महिना नवित्दै कुटपीट गर्दै आफूलाई घर निकाला समेत गरिदिएको उनले सुनाइन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल माईती भएकी सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भएको थियो ।
दुबै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा २ लाख ५० हजार नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुबा कृष्णदेवको भनाई छ ।
तर थप दाईजोको रुपमा गाउँ मै आफ्नो नाममा रहेको ५ कठ्ठा जग्गा माग्दै दवाव दिन थालिएको र असमर्थता ब्यक्त गरेपछि छोरीलाई शारिरीक, मानसिक यातना दिन थालिएको बुबा कृष्ण देवले सुनाए ।
उनले छोरीलाई यसरी यातना दिनेमाथी कारवाहीको माग गर्दै न्यायका लागी प्रहरी हुदै अदालत सम्म पुगेको बताएका छन । पत्रकार सम्मेलनमा सुमनले घर निकालामा परेको लामोसमय समाजिक स्तरमा मिलाउने प्रयास मै विते पनि सफल नभएपछि ढिलो गरी न्यायका लागी सरोकारावाला निकायमा पुग्न थालेको बताएकी छिन ।
आफु रंगले गोरो नभइ काली भएकीले विहे गरेको पहिलो दिन देखी नै श्रीमानबाटै तिरस्कारको सुरुआत भएको उनको कथन छ । त्यसपछी दाईजोको निहँुमा पुरै परिवारले यातना दिन थालेको उनले सुनाईन ।
सुमनलाई ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछी उनी लामो समय देखी माईती मै वस्दै आएकी छिन । उनले न्याका लागी पहल गरिदिन सबैसँग आग्रह गरेकी छिन । यसबारे उनका श्रीमान राधेश्याम सँग पटक÷पटक जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ