News Category 2072/01/02
खेलकुद समितिद्वारा नयाँ वर्षमा ¥याली भारत्तोेलन र कराँतेका खेलाडीहरु पुरस्कृत
दैनिक संवाददाता
राजविराज, १ वैशाख ।
“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०७२को आगमनसँगै सप्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंगलबार बिहान राजविराजमा ¥याली निकालिएको छ ।
गस्खेलाडी, खेलप्रेमी, बुद्धिजिवि, नागरिक समाज, राजविराज नगरपालिका कार्यालय प्रमुख, संचारकर्मीलगायत सम्मिलित सो ¥याली खेलकुद विकास समितिको प्राङ्गनबाट निस्केर नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगि समापन भएको थियो ।
सोही अवसरमा नागरिक समाजका थानसिंह भन्सालीले ललितपुरमा चैत १५ र १६ गते सम्पन्न चौथो ग्रान्डप्रिक्स क्वालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगितमा सप्तरीबाट गोल्ड मेडल प्राप्त गर्नुभएका रामकुमार यादव र शान्ति चौधरीलाई नगद रु. एक÷एक हजार प्रदान गर्नुभयो ।
यस्तै मंगलबारै खेलकुद विकास समितिको कार्यालयमा नयाँ वर्षको अवसरमा जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको २५ किलो तौल समूहमा सुजल साह, ३५ किलो तौल समूहमा निरज साह, ४५ किलो तौल समूहमा संजिव साह र ५५ किलो तौल समूह र कातामा आनन्द कुमार यादव प्रथम भएका छन् । यस्तै प्रतियोगितामै उत्कृष्ट खेलाडी बिशाल थापा भएका छन् ।
सबै बिजयी खेलाडीहरुलाई श्रीकृष्ण दल गणका लेफ्टेनेन्ट दिपेश सिटौला, महिला बालबालिका तथा युवा सशक्तिकरणका अध्यरुक्ष वौवालाल यादव, संचारकर्मीद्वय देवराम यादव र नवीनकुमार गुप्ताले प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी बिशाल थापालाई भारत्तोलनका प्रशिक्षक तथा राष्ट्रिय खेलाडी पुन्तिलाल यादवले नगद रु. ५ सय, प्रमाणपत्र र मेडल प्दान गर्नुभयो ।
सो प्रतियोगितामा सहायक कराँते प्रशिक्षक उमेश गुरुङ्गले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
पूर्व राष्ट्रिय कबडी खेलाडी श्रीनारायण लाल दासको अध्यक्षतामा आयोजित प्रतियोगितामा प्रमुख अतिथि श्रीकृष्ण दल गणका लेफ्टेनेन्ट दिपेश सिटौला, महिला बालबालिका तथा युवा सशक्तिकरणका अध्यरुक्ष वौवालाल यादव, संचारकर्मीद्वय देवराम यादव र नवीनकुमार गुप्ताले शुभकामना मन्तव्य दिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ