News Category 2082/08/05
प्रतिबन्धित लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित सप्तरी प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार राति १०ः३० बजेको समयमा जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझियाबाट प्रहरीले ९ सय ७८ किलो गाँजासहित ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का २५ बर्षीय संजय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ख. ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९ सय ७८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा, ट्रक र ट्रक चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रक चालकलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट लागु औषध कसुरमा सात दिनको म्याद थप गराई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ