News Category 2082/08/09
उपचार खर्चको अभावमा अस्पतालमै वास
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नम्बर नखुलेको सबारीसाधनको ठक्करले गम्भीर घाइते भई उपचारका लागि अस्पताल भर्ना भएका एक व्यक्ति उपचार खर्च तिर्न नसक्दा समस्यामा परेका छन् ।
आर्थिक रुपमा विपन्न राजविराज नगरपालिका वडा नं. ७ निवासी अनिरुद्धलाल देवलाई उपचार गराउन समस्या भएको हो ।
करिब एक महिना अगाडि पैदल हिंडिरहेका ५४ बर्षीय देवलाई तिलाठी कोइलाडी गाउँपालिकाको सडेपारमा नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएर सबारी साधन फरार भएको थियो ।
ठक्करले टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो । टाउकोको शल्यक्रिया गर्दा रु ५ लाख जति खर्च भइसकेको र अझै अस्पताललाई र औषधि बिल समेत गरी रु ५ लाख तिर्न बाँकी रहेको उनका छोरा रामभजनले बताए ।
शल्यकृयापछि बुवाको स्थितिमा सुधार भएपनि वक्यौता नतिर्दा अस्पतालबाट बाहिर जान नसकिएको उनले बताए । उनले आफ्नो बुवाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०७०१००५२४९६ मा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन सबैसँग हार्दिक अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ