News Category 2072/01/03
भारदहमा हिलो छ्यापेर सिरुवा पर्व मनाईयो
दैनिक संवाददाता
राजविराज, २ वैशाख ।
नयाँ वर्षसँगै बुधबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ ।
पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन बुधबार पानी छयापा–छयाप गरी जुड सितल मनाईएको हो ।
त्यस्तै नयाँ वर्षको अवसरमा युवा युवतीहरु फेसबुक तथा भिजिटिङ्ग कार्ड मार्फत नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका छन् । बर्षभरी शितलता प्राप्त होस भन्दै जुडसितल मनाईने गरेको पौराणिक विश्वास रहेको छ ।
जुडसितलको अवसरमा ठुलाले आफुभन्दा सानालाई टाउँकोमा पानी हालेर जीवनभरी सुखि रहने आर्शिवाद दिइने गर्ने चलन । यसैगरि सोही अवसरमा सप्तरीको भारदहमा हिलो छ्यापेर सिरुवा पर्व मनाइएको छ । भारदहका युवाहरुले विगत झैं यस वर्ष पनि एक अर्कोलाई हिलो छ्यापेर सो पर्व मनाएका छन् ।
सिरुवा पर्वको अवसरमा सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिइएको छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा विभिन्न परीकारका खाना बनाई एक अर्काको घरमा खाना खाने चलन रहेको छ । सो अवसरमा एकले अर्काे तथा छिमेकी, इष्टमित्रलाई आ–आफनो घरमा ल्याएर विभिन्न परिकारको खाना खुवाउने गरिन्छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । त्यस्तै नयाँ वर्षको शुरुवातसँगै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा बैशाख १ गतेदेखी समेत एक महिनासम्म मेला लाग्ने गरेको छ ।
यसैबीच जुडसितलको अवसरमा राजविराजस्थित राजदेवी मन्दिरमा लागेको मेलामा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले संयुक्त रुपमा श्रद्धालु भक्तजनहरुका लागि पेय जलको व्यवस्था गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ