News Category 2072/01/03
भारदहमा हिलो छ्यापेर सिरुवा पर्व मनाईयो
दैनिक संवाददाता
राजविराज, २ वैशाख ।
नयाँ वर्षसँगै बुधबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ ।
पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन बुधबार पानी छयापा–छयाप गरी जुड सितल मनाईएको हो ।
त्यस्तै नयाँ वर्षको अवसरमा युवा युवतीहरु फेसबुक तथा भिजिटिङ्ग कार्ड मार्फत नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका छन् । बर्षभरी शितलता प्राप्त होस भन्दै जुडसितल मनाईने गरेको पौराणिक विश्वास रहेको छ ।
जुडसितलको अवसरमा ठुलाले आफुभन्दा सानालाई टाउँकोमा पानी हालेर जीवनभरी सुखि रहने आर्शिवाद दिइने गर्ने चलन । यसैगरि सोही अवसरमा सप्तरीको भारदहमा हिलो छ्यापेर सिरुवा पर्व मनाइएको छ । भारदहका युवाहरुले विगत झैं यस वर्ष पनि एक अर्कोलाई हिलो छ्यापेर सो पर्व मनाएका छन् ।
सिरुवा पर्वको अवसरमा सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिइएको छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा विभिन्न परीकारका खाना बनाई एक अर्काको घरमा खाना खाने चलन रहेको छ । सो अवसरमा एकले अर्काे तथा छिमेकी, इष्टमित्रलाई आ–आफनो घरमा ल्याएर विभिन्न परिकारको खाना खुवाउने गरिन्छ ।
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । त्यस्तै नयाँ वर्षको शुरुवातसँगै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा बैशाख १ गतेदेखी समेत एक महिनासम्म मेला लाग्ने गरेको छ ।
यसैबीच जुडसितलको अवसरमा राजविराजस्थित राजदेवी मन्दिरमा लागेको मेलामा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले संयुक्त रुपमा श्रद्धालु भक्तजनहरुका लागि पेय जलको व्यवस्था गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ