News Category 2082/08/10
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
हनुमाननगर कंकालिनी नगरपालिकामा एकसय पचास दलित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।
ल्याटर डे सेन्ट च्यारेटिज को आर्थिक सहयोगमा, हेल्थ न्यूट्रिसन एजुकेशन एण्ड एग्रीकल्चर रिसर्च डेभलपमेन्ट नेपालको आयोजना र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा सो खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
नगरपालिकाको वडा नम्बर २ सकरदहीका ९३ वडा नम्बर ४ गंगापुरका ५७ जना गरि एकसय पचास जनालई लाई राहत उपलब्ध गराइएको नगरप्रमुख विरेन्द्र माझीले जानकरी दिए ।
खाद्यान्न सामग्रीमा चामल २५ किलो, दाल २ किलो, खाने तेल एक लिटर, नून एक किलो, त्रिपाल २ थान, लुगा धुने र नुहाउने साबुन ४÷४ थान, मन्जन, ब्रस, तौलिया र झोला रहेको छ ।
राहत वितरणमा नगरप्रमुख माझी सहित वडा नम्बर २ का अध्यक्ष सन्तोष गोइत, वडा नम्बर ४ का अध्यक्ष मौली मण्डलसहित स्थानीय र सुरक्षाकर्मीको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ