News Category 2082/08/11
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरी जिल्ला अदालतलाई एक सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
नेपाल सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार सप्तरी जिल्ला अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।
कार्यालयको कामलाई थप सहज बनाउने उद्देश्यका साथ कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको उक्त सहकारी संग आवद्ध रन्धिर कर्णले बताए । उनले सानै सहयोग भए पनि अदालतको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीले छिटो र सहज न्यायिक सेवा पाउने विश्वासका साथ उक्त सामग्री हस्तान्तरण गरिएको जनाए ।
अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीले अदालतलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकोमा नेपाल सहकारी संस्था लिमिटेडलाई धन्यवाद दिए ।
गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा सप्तरी जिल्ला अदालतमा पनि तोडफोड र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामग्री जलेर नष्ट हुँदा अदालतको डिजिटल सेवा प्रवाह प्रभावित हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ