News Category 2082/08/12
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीको बोदेबर्साइन नगरपालिका स्थित एक विवाह समारोहमा नाचिरहेकी नवालिकाको जेनेरेटरको फ्यानमा कपाल फँस्दा गम्भिर घाईते भएकी छिन् ।
नगरपालिकाको वडा नम्बर १ महनौरीमा विवाह समारोहका क्रममा नाचिरहेको बेला जेनेरेटरको फ्यानमा कपाल फस्दा एक १४ वर्षीया बालिका गम्भीर घाइते भएकी हुन् ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ३ घर भएकी खुशबु पाल मजदुरीका रुपमा विवाहमा नाच्न आएका बेला बिहीबार राति करिब ११ बजे जेनेरेटरको फ्यानमा कपाल फस्सिएपछि टाउकोको कपालसहित छाला समेत तानिँदै घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बोदेबरसाईन १ स्थित प्रमोद यादवको छोरीको बिहेमा नाच्नको लागि श्रमिकको रुपमा आएकी खुशबु गम्भिर घाईते भएपछि स्थानीयले तत्कालै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याएको थियो ।
उहाँको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि बिहीबार राति नै थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ