News Category 2082/08/12
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
विहेको प्रलोभन देखाई नवालिकासँग एक युवाले शारीरिक सम्बन्ध बनाएर छाडेपछि उनी बिच्चलीमा परेकी छिन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का २२ बर्षीय युवकले १५ वर्षिया नावालिकालाई प्रेमजालमा फसाउँदै शारीरिक सम्बन्ध समेत बनाएर छाडी दिएपछि उनीे विचल्लीमा परेको हो ।
झापाको विर्तामोडमा सडक मरमत कार्यको रेखदेख गर्दै आएका ती युवकले पहिले देखी आफूसँग प्रेम गर्दै आएको र मंसिर ६ गते शनिवारका दिन आफूलाई विर्तामोड बोलाएर दुई दिनसम्म राखी शारीरिक सम्बन्ध बनाएको पीडित नवालिकाले बताईन् ।
“तिमीसँग विहे गर्छु भन्दै मलाई विर्तामोड बोलाएर शारीरीक सम्पर्क समेत ग¥यो, विहे गर्न भन्दा जन्मदर्ता प्रमाण पत्र ल्याउनु पर्छ भन्दै मलाई भारदहसम्म ल्याएर छोडी दिएको छ” नवालिकाले भनिन् ।
दुई दिनपछि मंसिर ८ मा घर आएकी नवालिकका बावु आमाले कहाँ गएकी थिइस ? सोधेपछी यो घट्ना बाहिरिएको हो । नवालिकका बाबु आमाले यसबारे परमेश्वरका बावु आमासँग विहेबारे कुरा गरेका थिए । तर उनीहरुले छोराको तिम्रो छोरीसँग विहे गर्ने कुरालाई अस्विकार गरेपछि छोरी बिचल्लीमा परेको पीडीतका बुवाले बताए ।
युवकले मोबाईलको स्विच अफ गरेर बसेको र उनका आमा वुवा पनि विहेका लागि तयार नभएपछि प्रहरी समक्ष उजुरी दिएको पिडितका बावुले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी निवेदन दिएपछि त्यसलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर पठाइएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरले मंसिर १४ गते दुबै पक्षलाई छलफलमा राखेर कुरा गर्ने अनि त्यसपछी मात्र आवश्यक प्रकृया अघि बढाउने जवाफ दिएको पीडित नवालिकका बुवाले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ