News Category 2082/08/14
सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
राजविराजको राजदेवी रोडस्थित शिवशंकर सिनेमा मोडमा आइतबार बिहान चार जना यात्रु बोकेको सिटि रिक्सा पल्टिएको छ ।
दुर्घटनामा चालक सुनिल दाससहित सबै यात्रु घाइते भएका छन् । सामान्य चोट पटक लागेका उनीहरु उपचारपछी घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
यस मार्गमा दैनिक सयौं सवारीसाधन र पैदल यात्रु आवतजावत गर्ने गरेका छन् । तर जीर्ण सडकको मर्मत सम्भार कार्य हुन नसक्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ ।
शिवशंकर सिनेमा चौकका वासिन्दा पशुपति दासले सडकका खाल्डाखुल्डीका कारण यस मार्गबाट हिड्ने सवारीसाधन र यात्रु ज्यान हत्केलामा राखेर नै प्रतिदिन आवतजावत गर्न बाध्य भएको बताए । उक्त मार्गमा दैनिक सवारीसाधन दुर्घटना हुने गरेको भन्दै स्थानियवासीले यसबारे सम्बन्धीत निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सडक स्तरोन्ती कार्यमा चासो नदेखाएको गुनासो पोखेका छन् ।
सडकमा परेका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा सकस तथा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियले अविलम्ब मर्मत सम्भार कार्य सुरु गर्न सम्बन्धीत निकायसँग माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ