News Category 2082/08/14
टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
नेपाल टे«ड युनियन काँग्रेसका वर्तमान एवं पूर्व केन्द्रिय पदाधिकारीहरुलाई नयाँ योजनाका साथ संगठनको काम कारवाहीलाई अघि बढाउनु पर्ने सुझाव दिइएको छ ।
आईतवार राजविराजमा टे«ड युनियक काँग्रेस सप्तरीका अगुवाहरुसँगको छलफल कार्यक्रममा केन्द्रीय कार्यालयका वर्तमान एवं पूर्व पदाधीकारीहरुलाई यस्तो सुझाव दिइएको हो ।
छलफल कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका महासचिव अजय राईले त्यस्ता सुझावहरुलाई आत्मसाथ गर्दै परिर्वतीत अवस्थामा संगठनलाई सुदृढ बनाउन नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धताका साथ एक जुटभई अघि बढ्नु पर्नेमा जोड दिए ।
काँग्रेस कमजोर भए टे«ड युनियन पनि कमजोर हुने तर्क प्रस्तुत गरेका उनले नविन सोच र एकता बद्ध भई अघि बढ्न सके पार्टी र संगठन दुबै मजबुत हुने बताए ।
नेपाल टे«ड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष पुष्कर आर्चायले संगठनमा आबद्ध पेशाकर्मीको उत्थानका लागी जिल्ला नेतृत्वले विशेष कार्यक्रमहरु संचालनमा ल्याउनु पर्ने आवश्यक्ता औल्याउदै यस कार्यमा केन्द्रले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
केन्द्रीय नेतासंग आशिर्वाद लिने र जिल्लामा नेता बन्ने प्रवृति मौलाउदै गएको भन्दै उनले सो प्रवृति त्यागेर स्थानीयस्तर मै जनसरकोकारका मुद्धामा केन्द्रीत भई काम गर्न सुझाव समेत दिए ।
उनले मुलुकमा सुशासन कायम हुनु पर्ने र भ्र्रष्टाचार अन्त्य हुनु पर्ने माग सबभन्दा पहिले टे«ड युनियन काँग्रेसले नै उठाएको दाबीका साथ अहिले आएर सो मुद्दा जेनजी समुहले “हाइज्याक गरेको” जिकीर पनि गरे ।
नेपाल टे«डयुनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा नेपाल टे«डयुनियन काँग्रेस केन्द्रिय समितीका सल्लाहकार भोगेन्द्र झा, नेपाल कागँ्रेस सप्तरीका सचिव सनत मण्डल, टे«ड युनियकर्मी उमेश मिश्र, कुल बहादुर आलेमगर, प्रेस युनियनका प्रदेश सचिव मनोज माझी, प्रेस युनियनका जिल्ला उपाध्यक्ष नविन गुप्ता, सचिव रामानन्द देव, प्रेस युनियन सप्तरीका पुर्व सभापती ओम प्रकाश साह, नेविसंघ सप्तरीका सभापती राकेश ठाकुर लगायतले टे«ड युनियन काँग्रेसलाइ बलियो बनाउन संगठन विस्तार तथा सुदृृढिकरणका लागी विभिन्न गतिविधीलाई गति प्रदान गर्न सुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ