News Category 2082/08/15
ल्यावमा तोडफोड, एक जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
लेनदेनको विषयमा राजविराजस्थित एक ल्यावमा सोमबार दिउँसो तोडफोड गरी लाखौंको क्षति पु¥याइएको छ । राजविराज ४ स्थित सेफ डाइग्नोस्टिक ल्यावमा सोमबार तोडफोड भएको हो ।
राजविराज ८ का शुभाष सिंहको नेतृत्वमा आएका ६÷७ जनाको समूहले ल्यावका महिला स्वास्थयकर्मी तथा कर्मचारीहरुलाई गालिगलौज गर्दै तोडफोड सुरु गरेको ल्याव संचालक देवेस दत्तले बताएका छन् । ल्यावका महँगो उपकरणहरु निकालेर सडकमा बजार्दै तोडफोड समेत गरिएको उनले बताए । तोडफोडबाट ल्यावका उपकरणहरु गरि करिब ३० लाख बराबरको क्षति भएको उनको दाबी छ । सो समूहले आफूले चढ्ने गरेको प्रदेश १–०२–०५३९३०४ नम्बरको मोटरसाइकल समेत लुटेर लगेको उनले बताए ।
संचालक दत्तले सोमबार नै ल्यावमा तोडफोड, लुटपाट र महिला स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्ने सुभास सिंहसहितका व्यक्तिहरु उपर कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
दत्तले आफू सिंहसँग दुई वर्षअघि विभिन्न मितिमा गरि १० लाख रुँपैया ऋण सापटी लिएको बताउँदै दुई वर्षमा आफूले पटक पटक गरि सिंहलाई बैंकमार्फत ३१ लाख २९ हजार ५ सय रुँपैया बुझाइसकेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले दत्तको ल्यावमा तोडफोड तथा लुटपाट गरेको उजुरीको आधारमा सिंहलाई सोमबार नै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सिंहलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ