News Category 2082/08/19

निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा

दैनिक समाचारदाता

निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
    वडा नं. १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । 
    शिविरमा ४ सय ५७ महिला र ३ सय पुरुष गरी ७ सय ५७ जनाले शिविरबाट सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
    शिविरमा १ सय ५० देखि २ सय जना सम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि ७ सय ५७ जनाले सेवा लिएको उनले बताए । ती मध्ये १ सय १३ जना मोतियाविन्दुको रोगी फेला परेको र उनीहरुको निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिए ।
    शिविरमा चौधरी आँखा अस्पताल लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट