News Category 2082/08/19
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वडा नं. १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा ४ सय ५७ महिला र ३ सय पुरुष गरी ७ सय ५७ जनाले शिविरबाट सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
शिविरमा १ सय ५० देखि २ सय जना सम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि ७ सय ५७ जनाले सेवा लिएको उनले बताए । ती मध्ये १ सय १३ जना मोतियाविन्दुको रोगी फेला परेको र उनीहरुको निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिए ।
शिविरमा चौधरी आँखा अस्पताल लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ