News Category 2082/08/19

स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

दैनिक समाचारदाता

स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 

    स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले आफ्ना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको छ । 
    स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान नाराका साथ आयोजित २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वमय्सेविका दिवसको अवसरमा गाउँपालिकाले सम्मान गरेको हो । 
    महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई झोला, छाता र टर्चका साथै गम्छा ओढाई सम्मान पत्रले गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले सम्मान गर्दै समयानुकुल स्वयम्सेविकाहरुका लागि आवश्यक क्षमता विकासका लागि गाउँपालिका चिन्तित रहेको उल्लेख गरे ।
    सो अवसरमा गाउँपालिकाकाको अवकाश प्राप्त कृषि विकास अधिकृतद्वय उदयकान्त झा र अशोक कुमार मण्डल, अवकाश प्राप्त प्रधानाध्यापकद्वय मदनलाल मण्डल र केदार पण्डित, अवकाश प्राप्त वडा सचिव मिथिलेश कुमार झा र अवकाश प्राप्त कार्यालय सहयोगी गजेन्द्र झालाई समेत गम्छा ओढाई प्रशंसा पत्रबाट अध्यक्ष अरुण कुमार मण्डलले सम्मान गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट