News Category 2082/08/19

२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 

दैनिक समाचारदाता

२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 

    विभिन्न २८ बुँदे माग राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
    कार्यालयको मुल गेटमा जसपाका नेता तथा कार्यकर्ता तीन घण्टासम्म धर्नामा बसेका हुन् ।
    सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् ।
    विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने उनले बताए ।
    आफूहरूले अघि सारेको २८ बुदे माग पुरा गराउन संघर्षका कार्यक्रमहरु जारी राख्ने जसपा सप्तरी अध्यक्ष यादवको भनाई छ ।
    २८ बुदे माग लेखिएको प्लेकार्ड सहित जिल्ला प्रशासन अगाडि मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित जसपा नेपालका सयौं नेता–कार्यकर्ताहरु धर्नामा बसेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट