News Category 2082/08/19
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बसमा सवार ५५ जना यात्रु सबार थिए ।
पूर्व पश्चिम लोकमार्गमा अन्तरगत सो नगरपालिका वडा नं. २ बरमझियामा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश०२–००१ख०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना.३ख. ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसमा सवार नाम, ठेगाना खुल्न नसकेको अन्दाजी ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दुर्घटनामा बस चालकसहित पाँच जना भारतीय नागरिकसँगै करिब १२ जना घाइते भएका छन् । भारतको जिल्ला मधुवनी सुजातपुर नगरपालिका ११ का ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी, महोत्तरी जलेश्वर नगरपालिका ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा न.पा. ४ का २७ वर्षीय २७ की कृतिका कोइराला घाइते भएका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ