News Category 2082/08/19
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बसमा सवार ५५ जना यात्रु सबार थिए ।
पूर्व पश्चिम लोकमार्गमा अन्तरगत सो नगरपालिका वडा नं. २ बरमझियामा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश०२–००१ख०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना.३ख. ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसमा सवार नाम, ठेगाना खुल्न नसकेको अन्दाजी ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दुर्घटनामा बस चालकसहित पाँच जना भारतीय नागरिकसँगै करिब १२ जना घाइते भएका छन् । भारतको जिल्ला मधुवनी सुजातपुर नगरपालिका ११ का ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी, महोत्तरी जलेश्वर नगरपालिका ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा न.पा. ४ का २७ वर्षीय २७ की कृतिका कोइराला घाइते भएका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ