News Category 2082/08/20

सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 

दैनिक समाचारदाता

सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 

   सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापनका लागि गठित संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
    संघर्ष समितिले शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । 
पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक मोहन कुमार यादवले मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने जानकारी दिए । 
    त्यस्तै धर्ना कार्यक्रमलाई एक घण्टा थप गर्दै २२ गते विहान ११ बजे देखी दिउसो २ बजे सम्म निरन्तरता दिने तथा २३ गते सप्तरी जिल्ला भरीका सम्पुर्ण नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट