News Category 2082/08/21
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको छ ।
आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिको अगुवाइमा सो कार्यालय अगाडी दुई घण्टा धर्ना दिइएको हो ।
यसअघि संघर्ष समितिले शनिबार आन्तरिक राजश्व कार्यालय स्थापनका लागि आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
आन्दोलनका कार्यक्रम अनुसार मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा तथा त्यसको भोलिपल्ट सोमबार २२ गते एक घण्टा थप गर्दै विहान ११ बजे देखी दिउसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने रहेको छ ।
यसैगरि मंसिर २३ गते सप्तरी जिल्ला भरीका सम्पुर्ण नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने निर्णय भएको संर्घष समितिका संयोजक मोहन कुमार यादवले बताए ।
गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । करदाता सेवा कार्यालय राजविराज समेत सोही खारेजीमा परेकोले सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा उक्त निर्णय बिरुद्ध तीन चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
तर नेपाल सरकारको राजश्व विभागको नीति अनुरुप ४० हजार करदाता भएको ठाउँमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने प्रावधान रहकोले गठित संघर्ष समितिले आन्तरिक राजश्व कार्यालय नै स्थापनाको माग राख्दै आन्दोलन सुरु गरेको हो ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको छ ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ