News Category 2082/08/22

महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली

दैनिक समाचारदाता

महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।  

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.४ कोईलाडीमा महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा सोमबार सचेतनामुलक ¥यालीको आयोजना गरिएको छ ।
    तिलाठी कोईलाडी गाउँपालिका, ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल), सप्रोस नेपाल र दिदी बहिनी संस्थाद्वारा संयुक्त रुपमा उक्त सचेतनामुलक ¥यालीको आयोजना गरिएको हो ।
    सो अवसरमा वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख किशोर कुमार झा र रोयम नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, सप्रोस नेपालका जेसी सम्पर्क ब्यक्ति सहितकाले सचेतनामुलक अभियानले ग्रामीण भेगमा महिलामाथि हुने हिंसात्मक घटनाहरुमा कमी आउने विश्वास ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट