News Category 2082/08/22
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
राजविराज ४ स्थित मेनरोडमा आइतबार राती एउटा माइक्रोबस अनियन्त्रित भई पसल अगाडीको रुखमा ठोकिएको छ ।
राती ९ बजेतिर बा.प्रदेश–१–००६ ख.८९९६ नम्बरको माइक्रोबस रुखमा ठोक्किएको हो । यद्दपी दुर्घटना हुँदा कुनै मानविय क्षति भने भएन् ।
तिब्र गतिमा रहेको सो गाडीमाथी चालकले नियन्त्रण गुमाउँदा नजिकै रहेको सागर टेलर्सको पसल भवनमा ठोकिएको थियो । पसलको सिढी तथा नजिकै रहेको रुखमा ठोकिएर अड्किन पुग्यो । दुर्घटनामा पसल भवन र गाडीमा क्षति पुगेको छ ।
दुर्घटनामा पहिचान खुल्न बाँकी रहेका चालक सामान्य घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनी फरार भएको तथा खोजिकार्य भइरहेको प्रहरी निरिक्षक बिजय कार्कीले बताए ।
यसैबीच घरधनी संजिव नायकले सोमबार पसल र भवनमा पुगेको क्षति वापतको रकम सम्बन्धीत माइक्रोबस धनीबाट उपलब्ध गराईदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका छन् ।
ठक्कर दिने गाडी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ