News Category 2072/01/05
रिंकु राम र बिरखी मरिक महिला हिंसाको शिकार दुबै श्रीमान्, सासु र ससुराबाट कुटिए
शुभ नारायण यादव
राजविराज, ४ बैशाख ।
मुलुकमा दिनहुँ महिला हिंसाका घटनामा बृद्धि भईरहेको बेला सप्तरीमा पनि महिला हिंसाको घटनामा खासै कमि आएको छैन ।
पछिल्लो पटक सप्तरीमा पनि महिला बलात्कृतदेखि महिलामाथि विभिन्न हिंसाका घटनाहरुमा निकै बृद्धि भएको छ ।
यसैबीच सप्तरीको रायपुर गाविस ९ चमराही टोलकी रिंकु देवी राम र खोक्सर प्रवाहा गाविस ४ हाल शम्भुनाथ नगरपालिकाकी बिरखी देवी मरिक श्रीमान, सासु र ससुराबाट कुटिएकी छिन ।
जिल्लाको छिन्नमस्ता गाविस ३ गोविन्दपुर माईती भएकी २४ वर्षिया रिंकुलाई उनका आप्mनै श्रीमान लाल बहादुर राम र सासु रजनी देवी र ससुरा गुलाब रामले घरायसी विवादका कारण निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन ।
नयाँ वर्ष अर्थात बैशाख १ गतेका दिन माटो नल्याएको विषयलाई लिएर उनका श्रीमान, सासु र ससुरा समेत मिलेर शरीरभरी बाँसको लठ्ी, मुक्का, थप्पड र खुटले निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन् ।
यसअघि पनि विभिन्न बहानामा आफुलाई श्रीमान, सासु र ससुरा मिलेर पटक पटक विभिन्न बहानामा कुटपिट गर्दै आएको तथा पछिल्लो पटक बैशाख १ गतेमा समेत बिना कारण निर्घात कुटपिट गरेको पीडित रिंकुको भनाई छ ।
चार वर्षअघि ३ लाख दाइजो दिएर आप्mनो छोरीको बिबाह गरेको तथा बिवाह भएको केही दिन पछि आप्mनी छोरीलाई श्रीमान, सासु र ससुरा मिलेर पटक पटक बिना कारण कुटपिट गर्दै आएको पीडितकी आमा बिना देवी रामको आरोप छ । दुई वर्षसम्म आप्mनो छोरी माईतीमै बसेको तथा पछि समाजका बुद्धिजिवीहरुलाई भेला गराएपछि मात्र छोरीलाई राख्न तयार भएको तथा बारम्बार कुटपिट समेत गर्दै आएको आमाको आरोप छ ।
पछिल्लो पटक आप्mनो छोरीलाई उनका श्रीमान, ससुरा र सासु समेत मिलेर निर्घात कुटपिट गरेपछि सख्त घाईते भएकी रिंकुको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार गराई अहिले न्यायको लागि भौतारिरहेकी छिन स्आमा र छोरी ।
विवाह भएको चार वर्ष बितेपनि बिबाह दर्ता, नागरिकता, हालसम्म नबनाई दिएको तथा बिबाह दर्ता र नागरिकता बनाउन भन्दा कुनै ध्यान नदिएको तथा बिना कारण आप्mनो छोरीलाई कुटपिट गर्दै आएको पीडितको भनाई छ । छोराको अर्को विवाह गर्ने तयारीमा रहेका सासु र ससुरा आफुलाई बिना कारण नराख्ने पक्षमा रहेको पीडितले आरोप लगाइन् ।
यसैगरि खोक्सर प्रवाहा गाविस ४ हाल शम्भुनाथ नगरपालिकाकी बिरखी देवी मरिकको पनि यस्तै पीडा रहेको छ । मोरङ्गको लोहचा गाविस ३ माईती रहेकी बिरखीको करिब डेढ वर्ष अगाडी दिनेश मरिकसँग विवाह भएको थियो । तर, विवाह भएको केही महिना पछि बिना कारण ससुरा पक्षले निर्घात कुटपिट गर्दै आएको पीडितको भनाई छ ।
पछिल्लो पटक बिरखीलाई डेढ साता अघि उनका श्रीमान् दिनेश, ससुरा तेतर मरिक र सासु शान्ति देवी मरिकले निर्घात कुटपिट गरेको बताएकी छिन ।
श्रीमान तथा घर परिवारका मानिसलाई नागरिकता, विवाह दर्ता बनाउँन भन्दा आलटाल गर्ने गरेको तथा जे गर्न भनेपछि त्यो नमानेपछि लाठी र झापडले निर्घात कुटपिट गरेको पीडित महिलाको आरोप रहेको छ । कुटपिटबाट घाईते बिरखीले माईती भागेर गएपछि नोवेल अस्पताल विराटनगरमा उपचार गराई अहिले न्यायको लागि भौतारिरहेकी छिन् ।
यसअघि आफु गर्भवति भएको बेला समेत श्रीमान्, सासु र ससुरा मिलेर निर्घात कुटपिट गरेको तथा आप्mनो ९ महिनाको छोरालाई समेत कुटपिट गरी हत्या गरेको पीडित महिलाको आरोप छ । न्यायका लागि अहिले बिरखी संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज, प्रशासन लगायत सम्बन्धित सबै पक्षसँग सहयोगको लागि अनुरोध समेत गर्नुभएको छ ।
यस्तै महिला अधिकारकर्मी पुनम यादवले महिला माथी हुने गरेको हिंसाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाप्रति राज्यले चासो दिई दोषिमाथी कारवाही गर्नुपर्ने माग गर्नुभयो ।
यसैबिच पीडित महिलाहरुले आफुलाई न्याय दिलाई दिन माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएकी छिन । यस्तै प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले महिला कुटपिट सम्बन्धि प्रहरीमा उजुरी आएको जानकारी दिँदै आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ