News Category 2082/08/24
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
मधेश प्रदेशमा एक बर्षको अवधिमा बालबालिकासँग सम्बन्धित ३ हजार भन्दा बढी घट्ना भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश जनकपुर कार्यालयद्वारा बुधबार राजविराजमा आयोजित “मधेश प्रदेशमा मानव अधिकारको अवस्था र सरोकारबालाको भुमिका” विषयक अन्तक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयको महिला समुत्थान परियोजनाको समन्वय र सहयोगमा आयोजित कार्यक्रममा मधेश प्रदेश राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख बुद्धनारायण सहनीले प्रस्तुत गरेको प्रतिवेदनमा २०८१÷०८२ बालबालिकासँग सम्बन्धित कुल ३ हजार तीन सय २० घट्ना भएको उल्लेख छ ।
जसमध्ये सर्वाधिक १ हजार १ सय ६९ बालिका हराएको घट्ना भएको छ । यस्तै लागुऔषध दुव्र्यसनका ४ सय ६८, बालबालिकासँग यौन दुव्र्यव्यवहारका २ सय २१, जवरजस्ती करणीका १ सय ४९, बाल यौन दुरुपयोगका ३२, अपहरण र जवरजस्ती करणीका १९÷१९, बाल घरेलु हिंसाका २०, बाल यौन दुव्र्यहारका ३२, बालबिबाहका १७, बाल बेचबिखनका ६ तथा अप्राकृितक मैथुनका २ घटना भएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयले अभिलेख गरेको घट्नामा मधेश प्रदेशको जनसंख्या तथा शिक्षा, बाँच्न पाउने अधिकार, मुद्दा दर्ता, कैदी बन्दी, महिला अधिकार, मानवअधिकार पीडित लगायतको अवस्था र चुनौती समेत छन् ।
यस्तै प्रस्तुत प्रतिवेदनमा मधेश प्रदेशमा विगत ४ बर्षमा भएको आत्महत्या, कर्तव्यज्यान, डुबेर मृत्यु, सवारी दुर्घट्ना लगायतका विवरण समेत समेटिएको छ । जस अनुसार मधेश प्रदेशमा ४ बर्षको अवधिमा सर्वाधिक ४ हजार ५ सय ८९ जनाले आत्महत्या गरेको पाइएको छ ।
यस्तै सोही अवधिमा सवारी दुर्घट्नामा २ हजार ३ सय ५३ जना तथा पानीमा डुबेर ८ सय २८ जनाले ज्यान गुमाएका छन् । यसै अवधिमा प्रदेशभरमा कर्तव्यज्यानका ४ सय २६ घट्ना भएको प्रतिवेदनले देखाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायधिश शुभाष पौडेलले मानवअधिकार रक्षा तथा सुरक्षित समाज निर्माणका लागि सबै सरोकारबालाले मिलेर पहल गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । यस्तै विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, डब्लु एच आरका पुर्व अध्यक्ष विमला पराजुली, मुक्ति नेपालका अध्यक्ष देवकुमारी महरा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष दिपक झा लगायतकाले पनि बोल्दै मानवअधिकार उल्लघनका घट्नामा वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै न्युनीकरणका लागि चेतनशील हरेक नागरिकले भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ