News Category 2082/08/24
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि पहल गरेका हुन् ।
सरकारले करदाता सेवा कार्याल खारेज गर्ने निर्णय गरेपछि विगत एक महिनादेखि आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै यहाँका उद्योगी व्यापारी आन्दोलित रहेको बेला मधेश प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीले नेपाल सरकारका अर्थमन्त्री खनालको ध्यानाकर्षण गराएका छन् ।
मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले राजविराजमा हुँदै आएको आन्दोलनबारे अर्थमन्त्री खनाललाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएर अर्थमन्त्री खनालको ध्यानाकर्षण समेत गराए । ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री खनालले राजविराजमा करदाता सेवा कार्यालय हाललाई यथावतै राख्ने प्रतिबद्धता जनाएको मधेश प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिए ।
राजविराज दैनिकसँग विशेष कुराकानी गर्दै अर्थमन्त्री यादवले आफूहरु सँगको भेटमा राजविराजस्थित रहेको करदाता सेवा कार्यालय तत्काल खारेज नगर्ने प्रतिबद्धता जनाएको बताए । “राजविराजमा करदाता सेवा कार्यालय अहिले यथावत रहन्छ, पछी सोही कार्यालयलाई स्तरोन्नती गरि आन्तरिक राजश्व कार्यालयमै परिणत गर्छौ ।” भेटमा खनालले प्रतिवद्धता जनाएको अर्थमन्त्री यादवले भने ।
बुझाइएको ज्ञापनपत्रमा “नेपाल सरकारको नीति अनुरुप राजविराजमा स्थापित करदाता सेवा कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णय पुनर्विचार गरी साविक बमोजिम नै करदाता सेवा कार्यालय सुचारु हुने व्यवस्था गरी जनभावनाको सम्बोधन एवं सम्मानको लागि सकारात्मक पहल हुने विश्वासको साथ मधेश प्रदेश सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण गराईएको छ ।” उल्लेख छ ।
राजविराजस्थित करदाता सेवा कार्यालयको आफ्नै जग्गा, प्रशासकीय भवन, कर्मचारी आवास लगायत पूर्वाधार तथा बजेट समेत रहेको छ । गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । करदाता सेवा कार्यालय राजविराज समेत सोही खारेजीमा परेकोले सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा उक्त निर्णय बिरुद्ध तीन चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
यसैबीच आन्तरिक राजश्व कार्यालय सप्तरीमा पुनःस्थापनाको माग गर्दै मंसिर २१ र २२ गते गठित संघर्ष समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिइएको थियो भने मंसिर २३ गते जिल्लाका पालिका तथा कार्यालयहरु बन्दको घोषणा गरिएको थियो ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ