News Category 2082/08/29

पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन

दैनिक समाचारदाता

पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 

    राजविराजमा जारि बृहत पुस्तक प्रर्दशनीको सोमवार राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले अवलोकन गरेकी छिन् । 
    साझा प्रकाशनद्वारा आयोजित पुस्तक प्रदर्शनीको अवलोकन गर्दै उनले पठन संस्कृतीको विकास र पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपुर्ण हुने बताए । 
    सो क्रममा उनले यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्नूपर्नेमा जोड दिदै पढ्ने बानीको विकास गर्नु पर्ने औल्याइन् । बैकल्पिक साधनको बढदो प्रयोग संगै पुस्तक र पत्रपत्रिकाका पाठक घटन थालेको भन्दै उनले हाम्रा विशिष्ट सम्पदा र दबिएर रहेको बौद्धिक सम्पतीको संरक्षणका लागी पनि यस्ता प्रर्दशनी आवश्यक रहेको बताईन । 
    पुस १ गते सम्म चल्ने प्रर्दशनीमा विभिन्न विद्याको २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन । उक्त पुस्तकमा २० देखी ४० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको आयोजक साहित्यीक संस्था साझा प्रकाशनले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट