News Category 2082/08/29
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
विभिन्न २८ बुँदे माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा निकालिएको बिरोध प्रदर्शनमा प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, केन्द्रिय सदस्य पुनम यादवका साथै जसपा नेपालका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
नगर क्षेत्रमा गरिएको प्रदर्शन पश्चात् स्थानीय नेता चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । बिरोध सभालाई प्रदेश सांसदद्वय साह र यादव, क्षेत्रिय अध्यक्ष मनोज बहरखेर यादव, प्रदिप मण्डल, जसपा जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, जसपा नेपाल मधेश प्रदेश कमिटिका पूर्व सदस्य बिनोद यादव, नविनित झा, विद्यार्थी नेता केदार प्रसाद यादव, महिला नेतृ रमिला साह लगायतले सम्बोधन गर्दै जसपा नेपालले उठाएका माग सम्बोधन नगरिए आनदोलन चर्काउने चेतावनी दिएका थिए ।
जसपा नेपालले संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने लगायतका माग उठाउदै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ