News Category 2082/09/01

पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश

दैनिक समाचारदाता

पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

    नेशनल टे«डिङ लि. का पूर्वमहाप्रबन्धक सत्यनारायण मेहता र समाजसेवी प्रमोद यादव मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 
    राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुबै जनालाई पार्टीमा प्रवेश गराइएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए । 
    नवप्रवेशी दुबै जनालाई जिल्ला अध्यक्ष रामदेव साह, विघठित प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य दिनेश कुमार यादव, पूर्व मन्त्री तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला सचिव सनत मण्डल लगायतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । 
    कार्यक्रममा काँग्रेसका क्षेत्रिय सभापति भोगेन्द्र यादव, नगर सभापति आनन्द झा, नगर उपसभापति अनिल यादव, युवा नेता शम्भुलाल देव, समिर झा लगायतको उपस्थिति रहेको थियो ।   
    दुबै जना सप्तरीको तिरहुत गाउँपालिका वासिन्दा हुन् । मेहता वडा नं. ५ लोहजरा निवासी हुन् भने यादव वडा नं. ४ डिमनका बासिन्दा हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट