News Category 2082/09/11
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
पाँचौ जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आयोजित ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मा सहभागी वक्ताहरुले जेष्ठ नागरिक समाजको प्रेरणाका स्रोत भएकोले उनीहरुको संरक्षण र उनीहरुबाट शिक्षा लिदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवं जयेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामनरेश सिंहले जेष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली ज्येष्ठ नागरिक देशकै सम्पति भएको जिकिर गर्दै उनीहरुको संरक्षणमा जोड दिए ।
ज्येष्ठ नागरिक संघ मधेश प्रदेशका पुर्व अध्यक्ष शंकर सारदाले जेष्ठ नागरिकको जिवन यापन सहज बनाउन परिवार, समाज, विभिन्न संघ संस्थाका साथै राज्यले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।
पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका अध्यक्ष चन्द्रदेव मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी हितनाराण दास, पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह लगायतले पनि शुभकामना दिदै जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जयेष्ठ नागरिक जिल्ला संघले ८० बर्ष भन्दा माथिका ८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राजविराजका नन्दलाल साह, झौली नौनियाँ, विजय तातेड, मैना देवी जोशी, बरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह, रामकृष्ण गौतम तथा राजगढ गाउँपालिकाका फेकु दास छन् ।
यस्तै पुर्व कर्मचारी सेवा परिषद नेपालले सेवानिवृत्त भई ७८ बर्ष पुगेका ४ जना पुर्व कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानि हुनेहरुमा प्रयागलाल यादव, गंगालाल साह, गणेश प्रसाद साह र जगदीश मेहता छन् । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन जेष्ठ नागरिक जिल्ला संघका सचिव बैद्यनाथ झाले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ