News Category 2082/09/11
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
हिन्दु धर्मावलम्बीको आस्थालाई चोट पु¥याउने गरी दिइएको अभिब्यक्तिका कारण दुई दिनदेखी राजविराज नगर क्षेत्रमा तनाव बढेको छ । हिन्दु धर्मावलम्बीका युवाहरुद्वारा चर्काे विरोध प्रर्दशन भएको छ भने आपसी सद्भाव भड्किने सम्भावना समेत बढ्दै गएको छ ।
यसै क्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन । विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेर सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन ।
विद्यालय तथा कार्यालय बन्द भएका छन् भने यातायात ठप्प भएको छ । यता आन्दोलनकारीहरुको प्रर्दशन र सुरक्षालाई ध्यानमा राख्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश तथा सप्तरी जिल्ला अदालतले सुचना टाँस गरेर एक दिनका लागी सेवा रोकिएको जानकारी गराएको छ ।
हिन्दु देवी देवता उपर समाजिक सञ्जाल मार्फत गलत टिप्पणी गर्ने ब्यक्ती उपर कडा कारवाहीको माग गर्दै हिन्दुवादी संगठनका युवाहरुले बजार समेत बन्द गराएका छन ।
राजविराज १ निवासी अफरोज आलमले समाजिक सञ्जाल मार्फत हिन्दु धर्म तथा देवी देउतामाथी अभद्र टिका टिप्पण्ी गरेको भन्दै हिन्दु युवाहरु आन्दोलित भएका हुन ।
हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले आलमलाई पक्राउ गरी कारवाही नगरे सम्म आन्दोलन नरोकिने बताए ।
आलमले भने तीन वर्ष अघि भुलवस सामाजिक सञ्चाल मार्फत त्यस्तो टिका टिप्पणी पोस्ट हुन गएको भन्दै क्षमा याचना गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत नै आइन्दा यस्तो गल्ती नदोह¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
उनले तीन वर्ष अघि भुलवस गरिएको पोष्टलाई लिएर पटक÷पटक क्षमायाचना मागी सकेको भएपनि अहिले भाइरल गरेर विवाद चर्काउने खोजिएको गुनासो गरेका छन ।
यता हिन्दुवादी संगठनहरुले भने आलमलाई पक्राउ गरी कारवाही नगरेसम्म आन्दोलन नरोकिने अडान यथावत राखेका छन । आन्दोलन चर्किदै जाँदा आपसी सद्भाव विथोलिने सम्भावना देखेर दुबै धर्मावलम्बीका अगुवा र आन्दोलनरत पक्षसंग छलफल गरी समस्या समाधानको प्रयास भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ