News Category 2072/01/06
अग्निपीडितहरुलाई सरकारले ३० लाख सम्मको सहुलियत दिने
राजविराज÷गृह मन्त्रालयले सप्तरीका अग्निपीडितहरुलाई सरकारले रु ३० लाख सम्मको सहुलियत दिने भएको छ । जिल्ला विपद् ब्यवास्थापन समितिको शुक्रवार बसेको बैठकमा समितिका सदस्य सचिब स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाले गृह मन्त्रालयबाट प्राप्त पत्रानुसार उक्त कुराको जानकारी दिनुभएको हो ।
मन्त्रीपरिषद्को गत चैत २० गतेको निर्णयानुसार क्षति भएको परिवारलाई क्षतिको रकममा ५० प्रतिशतले नबढ्ने गरि बढीमा ३० लाख सम्म एक बर्षका लागि निरब्याजी सहुलियत ऋण उपलब्ध गराउने प्राप्त भएको पत्रमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी एवं विपद् ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा सदस्य सचिब धमलाले अग्निपीडितहरुलाई बिभिन्न चरणमा सहुलियत दरमा ऋण उपलब्ध गराउने बारेको पत्र पढेर सुनाउनु भएको थियो ।
सोही बैठकले रम्पुरा मल्हनियाँमा ४३ परिवार आगलागीबाट पीडित भएको यकिन गरेको छ । बैठकले जिल्लाको राजविराज, कंचनरुप र शंभुनाथ नगरपालिका तथा बोदे बरसाइनलाई अग्नि नियन्त्रण केन्द्र स्थापना गर्न मन्त्रालयलाई लेखि पठाउने समेत निर्णय गरेको छ ।
साथै विपद् ब्यवस्थापनको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको विपद् समयमा प्रयोग हुन सक्ने श्रोत साधनको नक्सांकन गर्ने र आवश्यक सूचनाहरु समन्वय गर्ने जिम्मा गृहमन्त्रालयले कोशी पीडित समाजलाई तोकेकोमा बैठकले अनुमोदन गरेको छ ।
शुक्रवार बसेको सर्वदलिय बैठकले लोकतन्त्र दिवस मनाउन स्थानिय विकास अधिकारी कोमल धमलाको अध्यक्षतामा एकसय एक सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ