News Category 2072/01/06
अग्निपीडितहरुलाई सरकारले ३० लाख सम्मको सहुलियत दिने
राजविराज÷गृह मन्त्रालयले सप्तरीका अग्निपीडितहरुलाई सरकारले रु ३० लाख सम्मको सहुलियत दिने भएको छ । जिल्ला विपद् ब्यवास्थापन समितिको शुक्रवार बसेको बैठकमा समितिका सदस्य सचिब स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाले गृह मन्त्रालयबाट प्राप्त पत्रानुसार उक्त कुराको जानकारी दिनुभएको हो ।
मन्त्रीपरिषद्को गत चैत २० गतेको निर्णयानुसार क्षति भएको परिवारलाई क्षतिको रकममा ५० प्रतिशतले नबढ्ने गरि बढीमा ३० लाख सम्म एक बर्षका लागि निरब्याजी सहुलियत ऋण उपलब्ध गराउने प्राप्त भएको पत्रमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी एवं विपद् ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा सदस्य सचिब धमलाले अग्निपीडितहरुलाई बिभिन्न चरणमा सहुलियत दरमा ऋण उपलब्ध गराउने बारेको पत्र पढेर सुनाउनु भएको थियो ।
सोही बैठकले रम्पुरा मल्हनियाँमा ४३ परिवार आगलागीबाट पीडित भएको यकिन गरेको छ । बैठकले जिल्लाको राजविराज, कंचनरुप र शंभुनाथ नगरपालिका तथा बोदे बरसाइनलाई अग्नि नियन्त्रण केन्द्र स्थापना गर्न मन्त्रालयलाई लेखि पठाउने समेत निर्णय गरेको छ ।
साथै विपद् ब्यवस्थापनको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको विपद् समयमा प्रयोग हुन सक्ने श्रोत साधनको नक्सांकन गर्ने र आवश्यक सूचनाहरु समन्वय गर्ने जिम्मा गृहमन्त्रालयले कोशी पीडित समाजलाई तोकेकोमा बैठकले अनुमोदन गरेको छ ।
शुक्रवार बसेको सर्वदलिय बैठकले लोकतन्त्र दिवस मनाउन स्थानिय विकास अधिकारी कोमल धमलाको अध्यक्षतामा एकसय एक सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ