News Category 2082/09/13
विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको विष्णुपुर गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको छ । सातवटा वडा रहेको गाउँपालिकाको सबै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच पालिकालाई आइतबार बाल विवाहमुक्त घोषणा गरिएको हो ।
यसअघी सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेको छ ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री उमेश यादवले बाल विवाह मुक्त घोषणा सभाको उद्घाटन गरे ।
पालिकालाई बालविवाह मुक्त घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा वडा कार्यालयलले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।
उनले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड समेत दिए ।
नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले बताए ।
सो अवसरमा वडाअध्यक्ष लोचन साह, भोगेन्द्र यादव, जिवछ मण्डल, पालिकाका प्रशासन प्रमुख गंगाराम साह, सेभ द चिल्ड्रेनका सिनियर म्यानेजर उमेश गुप्ता, सिनियर प्राजेक्ट संयोजक मकर बहादुर सार्की लगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ