News Category 2082/09/14
चिसो बढेपछी विद्यालयमा बिदा
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
विगत १० दिनदेखी बढेको चिसोसँगै चलेको शितलहरले जनजीवन प्रभावित बन्न थालेपछी सप्तरीका चार पालिकाले विद्यालयमा बिदा दिएको छ ।
पछिल्लो पटक जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पुस १६ देखी १८ सम्म तीन दिन विद्यालयमा बिदा दिएको हो ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले सोमबार एक सूचना जारि गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले सो बिदा दिइएको उल्लेख छ ।
यसैगरि सोमबारै जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको उल्लेख छ ।
यसअघि आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिका अन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि विदा दिइसकेको छ ।
ती दुबै पालिकाले आईतबार एक सूचना जारी गर्दै पुस १४ सोमबारदेखि लागू हुने गरी पुस १८ गते शुक्रबारसम्म पाँच दिनको विदा दिएको छ ।
सप्तरीमा विगत १० दिनदेखी बढेको चिसो र एक सातादेखी चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ । विहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ