News Category 2072/01/07
समृद्ध सप्तरीका लागि नागरिक अभियान गठन
दैनिक संवाददाता
राजविराज, ६ बैशाख ।
जिल्लाभरी संचालित विभिन्न जनमुखी परियोजना, योजना र अन्य विकासीय विभिन्न कार्यक्रम संचालनको लागि समन्वयकारी भुमिका निर्वाह गर्न समृद्ध सप्तरीका लागि नागरिक अभियान गठन गरिएको छ ।
नागरिक अभियानका संयोजक गोविन्द सिंहद्वारा आईतबार नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
जिल्लामा सम्पुर्ण पुर्वाधार हुदाँ पनि दिनानुदिन अवनतितर्फ गईरहेको सप्तरीलाई भ्रष्टाचारमक्त, विकासशील, जनमुखी र समृद्धि सम्पन्न बनाउँनका लागि जनता, जनसेवक, जनप्रतिनिधि र पत्रकारहरुसँग सहकार्य गरी पुर्ण नैतिकता र इमान्दारीताका साथ कार्य गर्ने उद्देश्य सहित नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत आम नागरिकको मौलिक हक अधिकार अबलम्बन गर्ने कार्यनीति अनुरुप समृद्ध सप्तरीको नागरिक अभियान स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा जिल्लाको वैशिष्ठयताका अतिरिक्त कृषि, व्यवसाय, उद्योग, पर्यटन सहित विकासका लागि अन्य भौतिक पुर्वाधार सप्तरी जिल्लामा पर्याप्त रहँदा पनि त्यसको उचित संरक्षण र सदुपयोगको अभावमा आशातित विकास हुन नसकेको जनाउँदै यस जिल्लामा ऐतिहासिक विमानस्थल छ, विमान छैन, औद्योगिक क्षेत्र छ, उद्योग छैन, नहर छ, सिंचाई छैन, अंचल अस्पताल छ, डाक्टर छैन, यसरी अरबौ लगानी उपलब्धिमुलक बन्न नसकी अझ जीर्ण बन्दै जानुका साथै लोकतन्त्र र गणतन्त्र स्थापना भएर पनि भ्रष्टाचार, अनियमितता र ब्यक्तिगत लाभ लिने मनसाय ब्याप्त रहेकाले अर्बौ अर्ब विकासीय बजेटबाट संचालित योजना र कार्यक्रमहरु बालुवामा पानी हाले जस्तो सावित भएको जनाउनुको भयो ।
त्यस्तै आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सिंहले सो सन्दर्भमा सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवको अध्यक्षतामा स्थानीय समाजसेवी, बुद्धिजीवी, अवकाशप्राप्त विशेषज्ञ कर्मचारी संघ संस्थाका प्रतिनिधि तथा आम नागरिकहरुको एक भेलाबाट समृद्ध सप्तरीका लागि नागरिक अभियानको कार्य समिति गठन गरिएको जनाउनु भयो ।
गठित अभियानको सहसंयोजकमा बिष्णु कुमार मण्डल र सदस्यहरुमा मंजु श्रेष्ठ, मो.गणी, ई.नारायण मण्डल रहनुभएको छ । सो अभियानसँग हात्तेमिलो गर्नका लागि विभिन्न सामाजिक संघसंस्थाहरुसँग समन्वय समेत गरिने जानकारी दिइएको छ ।
साथै उक्त अभियानलाई मधेशी निजामती कर्मचारी संघ र नेपाल पत्रकार महासंघले प्रतिवद्धता समेत जनाएका छन । अभियानले जिल्लाको समग्र विकासका लागि पहिलो चरणमा सभासदहरुसँग समन्वय र सरकारी विकासीय कार्यालयका प्रमुखहरुसँग समन्वय गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ