News Category 2082/09/18
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
राजविराजस्थित नवनिर्मित बसर्पाकको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै माइक्रो यातायात व्यवसायीले सच्याउन माग गरेका छन् ।
माइक्रो राजविराज ट्राभल्स एजेन्सी प्रालिले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै सो माग गरेको हो । कार्यबिधी नसच्याएसम्म उक्त बसपार्कबाट सवारी साधन नचलाउने समेत विज्ञप्तिमा उल्लेख छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सप्तरीका जिल्ला इन्चार्ज समेत रहेका माईक्रो ट्राभल्स एजेन्सी प्रालि राजविराजका अध्यक्ष धिरेन्द्र बर्माले प्रेस विज्ञप्ती जारी गर्दै राजविराज नगरपालिकाको स्वामित्वमा रहेको नवनिर्मित वसपार्क संचालन तथा व्यवस्थापनका लागी ल्याइएको कार्यबिधी २०८२ त्रुटिपुर्ण रहेको जनाएका छन् । सोही विज्ञप्तिमा यातायात व्यवसायी र यातायात मजदुरको प्रतिनिधी राखेर छलफल तथा कार्यबिधीमा देखिएको त्रुटि सच्याउनु पर्ने माग समेत गरेका छन ।
राजविराज नगरपालिकाले २०८२ साल बैशाख ३१ गते कार्यपालिकाको बैठकबाट स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १ को उपदफा ७ बमोजिम वसपार्क संचालनका लागी कार्यबिधी जारी गरेको थियो । तर कार्यबिधी ल्याउदा यातायात संचालक र यातायात मजदुरको प्रतिनिधी नराखेको तथा वसपार्क प्रवेश शुल्क, वसपार्किङ्ग शुल्क, शौचालय शुल्क, बुकिङ्ग काउण्टर लगायतका शुल्क मनपरी ढंगले कायम गरिएको माइक्रो व्यवसायीको गुनासो छ ।
यस्तै यातायात व्यवसायीसँग कुनै सहमती नगरी वसपार्क संचालनको टेण्डर प्रक्रिया सुरु गरिएकोमा विज्ञप्ती मार्फत असन्तुष्टी ब्यक्त गरिएको छ ।
लामो समयको प्रतिक्षापछि राजविराज २ को राजदेवी चौकमा सुविधा सम्पन्न वसपार्क निर्माण गरिएको छ । उक्त बसपार्कको २०८२ असोज २५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले उदघाटन समेत गरिसकेका छन । तर तीन महिना वित्न लाग्दा पनि उक्त बसपार्कबाट सवारी साधनहरु अझै संचालनमा आउन सकेको छैन ।
बसपार्क सम्म पुग्ने बाटो घाटो जीर्ण भएको तथा अव्यवहवारिक शुल्कहरु निर्धारण गरिएको लगायतका कारण देखाई यातायात व्यवसायी त्यहाँबाट सवारी साधन संचालन गर्न मानेका छैनन् । अहिले पनि बजार क्षेत्र कै सडक किनारबाटै यहाँको यातायात संचालन हुदै आएको छ । जसकारण नगरको सौन्दर्य घट्नुकासाथै ट्राफिकजामको समस्या बढ्दो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ