News Category 2082/09/20
कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
पत्रिकाको काम सकेर मोटरसाईकल चढेर घरतर्फ जाँदै गर्दा शनिबार राती ८ बजेतिर हुलाकी सडक अन्र्तगत सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरीया चौक नजिकै अध्यक्ष कर्ण चढेको मोटरसाइकललाई नम्बर नखुलेको कारले ठक्कर दिएको थियो ।
ठक्करबाट पत्रकार कर्ण चढेको प्र.२–०१–००३प.४४०३ नम्बरको मोटरसाईकल समेत क्षतिग्रस्त भएको छ । सप्तरीको रुपनी गाउँपालिका निवासी ५० वर्षिय कर्ण गोरखापत्र सप्तरीका सम्वाददाता हुन ।
ठक्करबाट घाइते भएका उनको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गरिएको छ । उनको खुट्टा, हात र ढाडमा चोट देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।
ठक्कर दिने सेतो रंगको नम्बर नखुलेको कार लिएर चालक भागेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुृरीले जानकारी दिए ।
प्रहरीले घट्नास्थलबाट ठक्कर दिने कारको चक्कामा प्रयोग गरिने एक थान निशान कम्पनीको रिमकोभर समेत बरामद गरेको छ ।
दुर्घटनाको खबर पाएपछी घटनास्थलमा तत्कालै पुगेका पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले ठक्कर दिई फरार भएका चालक र गाडीको पत्ता लगाई कारवाही तथा घाइते पत्रकारको उपचार सहित क्षतिपुर्तीका लागी सकृय पहल गर्न स्थानीय प्रशासनसंग माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ