News Category 2082/09/20
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
मस्जिदमा भएको तोडफोड घटनाबिरुद्ध राजविराजमा आइतबार प्रदर्शन गरिएको छ । मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा धनुषामा भएको मस्जिदमा तोडफोड तथा अन्य जिल्लामा मुस्लिम समुदायमाथी आक्रमण भएको भन्दै प्रदर्शनकारीले दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।
मुस्लिम समुदायका युवाहरुको उल्लेख्य सहभागितामा नगर क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा विभिन्न चौकमा टायर बालेर बिरोध जनाएका छन् । सो प्रदर्शन पछी स्थानीय नेता चौकमा बिरोध सभाको आयोजना समेत गरिएको छ ।
बिरोधसभाका सहभागिहरुले केही दिनयता मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा मुश्लिम समुदायका व्यक्तिहरुमाथी समेत आक्रमणको घटना भइरहेको भन्दै यस्ता कार्य नरोकिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।
वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्तिसुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गरेका हुन् । उनले सामाजिक सद्भावमा खलल पु¥याउने कुनै किसिमको गतिविधि नगर्न आह्वान गरेका छन् ।
“एकअर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झूठो अफवाह फैल्याई समुदायको सामाजिक मानमर्दन गर्ने काममा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ”, उनले भने, “यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिइ सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।”
समाजमा शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार बन्न तथा असत्य र उत्तेजक सूचना सेयर नगर्न पनि नागरिक, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ ।
धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पर्सा प्रहरीले प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
धनुषाको कमला नगरपालिका ६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो । यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरी प्रमुखका अनुसार सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए ।
प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको प्रहरी प्रमुख कुँवरले बताए । सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ