News Category 2082/09/22
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नं. २ र ३ बाट उम्मेदवारको रुपमा सिफारिस भएका नेकपाका नेता उमेश कुमार यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी ५५ वर्षिय यादव मंगलबार नेकपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन् ।
प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वसिचाई मन्त्री यादवलाई जसपा नेपालको केन्द्रिय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् । उक्त अवसरमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा महिला नेतृ रेणु यादव लगायतको उपस्थिति रहेको थियो ।
जसपा नेपालमा प्रवेश गरेका नेता यादवले माओवादी नेता मातृका यादव र विश्वनाथ साहको हैकम प्रवृती तथा पार्टी भित्र उनीहरुले चलाएको अलोकतान्त्रिक गतिविधीका कारण पार्टी छोड्न आफू बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
उनले अब नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने र मुलुकको हित जसपा नेपालबाट मात्र सम्भव भएको बताए । उनी २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट सप्तरीबाट संविधानसभा सदस्यमा निर्वाचित भई प्रचण्ड नेतृत्वको सरकारमा सिंचाई मन्त्री समेत भएका थिए । उनी जनयुद्धका बेला सप्तरीमा जनसरकार प्रमुखको रुपमा समेत जिम्मेवारी बहन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ