News Category 2082/09/22
प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबीचको कानुनी विवादका कारण नगरपालिकाको नियमित प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध भएको छ ।
नगरप्रमुख गुप्ताका अनुसार उपप्रमुख मुना कुमारी पोखरेलले नगरप्रमुखको अधिकार खोसेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाको कामकाज प्रभावित बनेको छ ।
नगरप्रमुख ललन प्रसाद गुप्ताले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपप्रमुखसँगको विवादका कारण नगरसभा र नियमित कामकाज ठप्प भएको जनाएका छन् ।
नेपालको संविधानको धारा २१७ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगरप्रमुख र उपप्रमुखका अधिकार स्पष्ट रुपमा विभाजन गरेको उल्लेख गर्दै आफूले उपप्रमुखका कुनै पनि कानुनी अधिकार नखोसेको दाबी गरे । उपप्रमुखले लगाएका आरोप भ्रमपूर्ण, आधारहीन र राजनीतिक उद्देश्यबाट प्रेरित रहेको उनको भनाइ छ । उपप्रमुखको असहयोग र मुद्दाका कारण नगरसभा बस्न नसक्दा नीति, कार्यक्रम र बजेट पारित हुन सकेको छैन ।
यसको प्रत्यक्ष असर स्वरुप शिक्षक तथा कर्मचारीहरूले महिनौँदेखि तलब भत्ता नपाएको भन्दै नगरप्रमुखले गहिरो दुःख व्यक्त गरे । अदालतको आदेशका कारण बैठक, निर्णय तथा आर्थिक प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए ।
उक्त मुद्दाको पेशी पुस ३० गते तोकिएको जानकारी दिँदै नगरप्रमुख गुप्ताले न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको उल्लेख गरे । कानुनी प्रक्रिया टुंगो लाग्ने बित्तिकै शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासा गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संयम र धैर्य अपनाउन आग्रह गरेका छन् ।
यता नगर उपप्रमुख मुना कुमारी पोखरेलले विगत साढे तीन बर्ष देखि कानुनले दिएको अधिकार नगरप्रमुख गुप्ताले प्रयोग गर्न नदिएको कारण आफ्नो अधिकार प्राप्त गर्न आफु उच्च अदालत जनकपुर–राजविराज इजलाशमा मुद्दा दायर गरेको स्पष्ट पारेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ