News Category 2082/09/24
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
चुनावमा प्रभावकारी रुपमा भुमिका निर्वहन, संचालन र समन्वयका लागि राष्ट्रिय मुक्ति पार्टीको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित प्रमुख नेताहरुको बिहीबार बसेको संयुक्त बैठकले सो कार्यदल गठन गरेको हो ।
बैठकले सदस्यहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष ब्रिजेन्द्र चौधरी, जसपाका नेता संतोष मण्डल, राष्ट्रिय मुक्ति पार्टीका सचिव बिरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेता रमाकान्त चौधरी र राष्ट्रिय मुक्ति पार्टीका महिला नेतृ रिसु चौधरी छन् ।
सोही बैठकले आगामी चुनावको बारेमा पहिचान, प्रतिनिधित्व र पहुँचको राजनीतिसँगै स्वेदशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको स्थापनाका लागि तीन पार्टीले गर्दै आएको संघर्षको सन्दर्भमा आगामी चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय समेत गरेको छ ।
त्यस्तै सामाजिक आन्दोलनको सम्बन्धमा सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुका साथै जिल्लाको शिक्षा, स्वास्थ्यमा सुधार तथा सप्तरी जिल्लाको वृहत्तर विकासका लागि सामाजिक आन्दोलनका कार्यक्रमहरु संयुक्त रुपमा अगाडी बढाउने निर्णय पनि गरेको तीन पार्टीका जिल्ला अध्यक्षद्वारा जारि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ