News Category 2082/09/25
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सो पालिका वडा नं. ४ स्थित कर्मनिया बजारमा बिहीबार राति ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नं. ८ मल्हनवा घर भएका २४ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१० प. ५५१७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक डाइभर्सनका लागि दायाँतर्फ राखिएको सिमेन्टको ब्लकमा ठोक्किँदा चौधरी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाईते उनलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान पठाइएकोमा पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय सरोज चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ