News Category 2082/09/25
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सशस्त्र प्रहरीले झापाको मेची पुलबाट शुरु गरेको ‘पूर्व–पश्चिम झण्डा मार्च” शुक्रवार सप्तरी आईपुगेको छ । आफ्नो २५औं स्थापना दिवसलाई रजत जयन्ती समारोहको रुपमा मनाउन लागेको हो ।
सीमा सुरक्षा, सीमा क्षेत्रको नागरिकको समस्या नजिकबाट बुझ्ने प्रयास तथा आपसी सद्भाव अझ प्रगाढ बनाउने उद्देश्यकासाथ २५ औ स्थापना दिवसलाई सिमानाका क्षेत्र हुँदै पुर्व–पश्चिम झण्डा मार्च कार्यक्रम गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
झापाबाट पैदलै पुगेको झण्डा मार्च टोलीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जना सहभागि छन् । सप्तरीको सिमानामा पुगेपछि टोलीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक रोशन बुढाथोकी सहितको टोलीले स्वागत गरेका थिए ।
दशगजा क्षेत्र नजिकै तथा सुनसरी सप्तरीको बीच सिमामा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकाको कोशी ब्यारेज क्षेत्रमा आयोजित एक कार्यक्रमबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे तथा सशस्त्र प्रहरी कोशी प्रदेशका डिआईजी कुमार न्यौपानेले सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा मधेश प्रदेश सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाललाई झण्डा हस्तान्तरण गरेका थिए ।
उक्त झण्डा लिएर शुक्रवार नै सशस्त्र प्रहरीनिरिक्षकको नेतृत्वमा ३५ सदस्यीय टोली झण्डा मार्चमा प्रस्थान गरेका छन् । उक्त टोली सिरहा जिल्ला पुगेपछि अर्को टोलीलाई झण्डा हस्तान्तरण गर्ने र फेरि त्यहाँबाट झण्डा मार्च अघि बढ्ने सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
सशस्त्र प्रहरीको २५औं स्थापना दिवस अगामी माघ ९ गते परेको छ । यसलाई रजत जयन्ती समारोहको रुपमा मनाउने क्रममा मेची र महाकालीबाट एकैसाथ झण्डा मार्च सुरु भएको हो । दुबै तर्फको टोली माघ ७ गते पर्साको ठोरीमा पुग्नेछन् । त्यसपछि विशेष समारोहको आयोजना गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ