News Category 2082/09/30
निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशमा माहौल बनिसकेको बताएका छन् ।
सप्तरीस्थित छिन्नमस्ता मन्दिर दर्शनका लागि मंगलबार राजविराज आएका उनले सबै राजनीतिक दल, निर्वाचन आयोग र जेनजी पुस्ता लगायत सबै सरोकारबालाहरु सँगको सहकार्यमा निर्वाचन सम्पन्न गराउन सरकार काम गरिरहेको जानकारी दिए ।
उनले सबै सरोकारबाला तथा राजनीतिक दलले निर्वाचन गतिविधिमा होमिसकेकाले देशमा निर्वाचनको माहौल बनिसकेको जिकिर गर्दै सरकार र निर्वाचन आयोगले निर्वाचन सम्बन्धि धेरै तयारी गरिसकेको र प्रक्रिया धेरै अगाडी बढिसकेको हुँदा फागुन २१ मा निर्वाचन हुने धारणा राखे ।
जिल्ला प्रशासन कार्यालय सप्तरी परिसरमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसँग जिल्लाको सुरक्षासहित समग्र अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकै चरणमा निर्वाचन सम्पन्न हुने जानकारी समेत दिए ।
छिन्नमस्ता मन्दिरको दर्शन एवं पुजा पश्चात् उनले त्यहाँका जनप्रतिनिधिहरुसंग भेटघाट गरेका थिए । गृहमन्त्री अर्यालसँगै गृह सचिव राज कुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक दानबहादुर.कार्की सहितको टोली छिन्नमस्ता मन्दिर दर्शनका लागि पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ