News Category 2082/10/03
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा निर्वाचन क्षेत्र नं. २ को कार्यालयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
यस्तै क्षेत्र नं. १ को कञ्चनरुप नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं.४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
राजविराजमा निर्वाचन क्षेत्र नं. २ सँगै मुख्य निर्वाचन अधिकृत कार्यालयको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्घाटन गरिन । मुख्य निर्वाचन अधिकृतमा सप्तरी जिल्ला अदालतका न्यायाधिश किशोर घिमिरे रहेका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन अधिकृत जानकी रमण यादव, क्षेत्र नं. ३मा सीताराम अर्याल र क्षेत्र नं. ४ मा विष्णु प्रसाद आचार्य निर्वाचन अधिकृत रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्वाचन कार्यालय स्थापना संगै निर्वाचन आयोगले तयार पारेको कार्यातालिका अनुसार गतिविधि अगाडी बढ्ने बताए । उनले निर्वाचन सम्पन्न गर्न नागरिक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सबै सरोकारबाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाट्न समारोहमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सहायक निर्वाचन अधिकृत श्यामहरी अधिकारी, बरख गणका गणपति सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक कुलचन्द्र नेपाल, प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
आयोगले निर्धारण गरेको तालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, ७ गते उम्मेदवारको विरुद्धमा उजुरी, ८ गते उजुरी उपर छानविन र उम्मेदवारको नामाबली प्रकाशन तथा माघ ९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामाबली प्रकाशन तथा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ