News Category 2082/10/05
मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
फागुन २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनका सवै प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यका साथ मुख्य निर्वाचन अधिकृत कार्यालयले छलफल गरेको छ ।
राजविराजस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयले आईतवार राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा सर्वपक्षिय र सर्वदलिय बैठक मार्फत छलफल गरेको हो ।
मुख्य निर्वाचन अधिकृत एवं न्यायधिश किशोर घिमिरेको अध्यक्षता तथा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागिहरुले प्रतिनिधीसभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
मुख्य निर्वाचन अधिकृत घिमिरेले अत्यन्त सिमित श्रोत साधनका वावजुद आफुहरुले काम गरिरहेको भन्दै सबैको सहयोगले प्रतिनिधी सभाको निर्वाचन मर्यादित ढंगले सम्पन्न गर्न सफल हुने विश्वास ब्यक्त गरे ।
आयोगले जारी गरेको आचार संहिता पालनालाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरुले मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म आवश्यक पर्ने सबै सुरक्षा व्यवस्थापनको तयारी गरिएको जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ