News Category 2082/10/06
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराउने जानकारी दिएको छ ।
सोमबार पालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ ।
नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए । अब भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरुवा तथा औषधीको विषयलाई लिएर भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने आफ्ना कर्मचारीलाई कार्वाही गर्ने जनाइएको छ ।
निश्चित अवधीको कार्य सम्पादान मूल्यांकनको आधारमा हुने कर्मचारीको स्तरबृद्धि प्रचलित कानुन अनुसार नै हुने गरेको र यसमा लेनदेन र पहुँचको आधारमा सम्भावना नै नभएको अवस्थामा लगाइएको आरोप कपोकल्पित र निराधार छ’ विज्ञप्तीमा भनिएको छ ।’
इबिडिङ मार्फत ठेक्का गरी औषधि खरीद गरिसकिएको र अबको एक साताभित्रै पालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य शाखाका सहसंयोजक पण्डितले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ