News Category 2082/10/06
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार सप्तरीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको सप्तरी क्षेत्र नं. १ को कञ्चनरुप नगरपालिका, क्षेत्र नं. २ को राजविराज नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकास्थित निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका रामदेव साह, नेकपा एमालेका सुमनराज प्याकुरेल, नेपाली कम्युनिष्ट पार्टीका सागर कुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका पुष्पा चौधरी, स्वाभिमान पार्टीका सुमित कुमार साह, जनमत पार्टीका डा. जयकान्त राउत, जसपा नेपालका श्याम सुन्दर सरदार, उज्यालो नेपाल पार्टी हर्ख नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजित कुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद देव, स्वतन्त्रबाट संजय कुमार शर्मा, उम्दादेवी सदा, जगदेव सदा, रिजवाना खातुन लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट जिल्ला उपसभापति रामकुमार यादव, नेकपा एमालेबाट मो.जियाउल रहमान, नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यनाथ यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालबाट उमेशकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, स्वाभिमान पार्टीबाट सतिशकुमार सिंह, नेपाल जनता पार्टीबाट रञ्जु ठाकुर, जनता लोकतान्त्रिक पार्टीबाट बलराम प्रसाद यादव, उज्यालो नेपाल पार्टीबाट दिपक चौधरी, नेपाल मजदुर किसान पार्टीबाट निलमकुमारी यादव, आमजनता पार्टीबाट सुनिलराज दास, नेपाल संघीय समाजवादी पार्टीबाट राजकुमार मंडल, स्वतन्त्रबाट प्रेमकुमार यादव लगायतले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका दिनेश कुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका अमरकान्त चौधरी, जनमत पार्टीबाट सुरेन्द्र शर्मा मधेशी, उज्यालो नेपाल पार्टीका परमेश्वर प्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभु प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वर प्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्र कुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोष कुमार चमन, स्वतन्त्र उम्मेदवार कोशिला देवी पासमान, हरिनाराण पासमान, रजिया देवी यादव, सरिता कुमारी यादव, प्रभुनाराण चौधरी, दुवीलाल यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका तेजुलाल चौधरी, नेकपा एमालेका बालकृष्ण चौधरी, नेपाली कम्युनिष्ट पार्टीका रुबी कर्ण, जसपा नेपालबाट डा. बवी सिंह यादव, रास्वपाका सिताराम साह, नेपाल जनता पार्टीका कोशल किशोर दास, उज्यालो नेपाल पार्टीका विसो कुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साह, स्वतन्त्रबाट सन्तोष प्रसाद सिंह र सुनिल कुमार यादव सहितकाले उम्मेदवारी दिएको राजविराजस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
प्रत्यक्ष तर्फ ४ पदका लागि हुने निर्वाचनका लागि शान्तिपुर्ण र उत्साहजन रुपमा ठुलो संख्यामा उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए । सबै निर्वाचन अधिकृतको कार्यालय गेट भित्र लाईनमा लागि सेकेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गर्ने कार्य भईरहेकोले मंगलबार राती अबेरसम्म सबै तथ्याङ्क आउने उनले बताए ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर २ सय ९६ मतदान स्थल कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चारवटै निर्वाचन क्षेत्रमा गरी २ सय ९६ मतदान स्थल र ५ सय ६२ मतदान केन्द्र तोकिएको हो ।
निर्वाचन क्षेत्र नं. १ मा ८० मतदान स्थल र १ सय ५२ मतदान केन्द्र कायम गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ६८ मतदान स्थल र १ सय ३० मतदान केन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ मतदान स्थल र १ सय ४४ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. ४ मा पनि ७४ मतदान स्थल र १ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता रहेको उक्त कार्यालयले जनाएको छ । ती मध्ये पुरुष मतदाता २ लाख ३३ हजार ९६, महिला मतदाता २ लाख १३ हजार २ सय ८३ तथा अन्य २३ जना रहेका छन् ।
मतदाताको सहज सहभागिता सुनिश्चित गर्न मतदान स्थल तथा केन्द्रको व्यवस्थापन प्रभावकारी बनाइएको जोशीले बताए । निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन ४ हजार २ सय २२ निर्वाचन प्रहरीको छनौट समेत भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ