News Category 2082/10/09
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सप्तरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारद्वय सुरेन्द्र प्रसाद साह र कृतिनन्द चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट २७ जनाले उम्मेदबारी दिएका थिए । दुई जनाको उम्मेदवारी फिर्ता भएसँगै यस क्षेत्रमा २५ जनाको उम्मेदवारी कायम रहेको छ ।
यसअघि सप्तरी क्षेत्र नं. १ बाट एक जनाको उम्मेदवारी रद्द गरिएको थियो । जिल्लाको क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको हो । उक्त पार्टीबाट सागर संगै रविन्द्र चौधरी समेत दुई जनाले उम्मेदवारी दिएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवार रविन्द्र चौधरी नै भएको छानबिनबाट देखिदा सोही पार्टीबाट उम्मेदवारी दिएका अर्का उम्मेदवार सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत जानकी रमण यादवले जानकारी दिए ।
क्षेत्र नं. १ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जना तथा क्षेत्र नं. २ मा ३४ र क्षेत्र नं. ३ मा २२ जना गरि सप्तरीमा चार वटै क्षेत्रमा अब १ सय २ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ