News Category 2082/10/19
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट १२ बर्षपछि नेपाली काँग्रेसका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
बि.स. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनको १२ बर्षपछि सप्तरी काँग्रेसले क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ पार्टी उपसभापति रामकुमार यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको हो ।
यो संगै नेपाली काँग्रेसका समर्थकले यस क्षेत्रमा प्रत्यक्षतर्फ रुख चुनाव चिन्हमा मतदान गर्ने अवसर पाएका हुन् ।
बि.स. २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन यता तालमेल र गठबन्धनका कारण काँग्रेसले यस क्षेत्रमा आफ्नो पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार उठाउन नपाउँदा काँग्रेका समर्थक रुख चुनाव चिन्हमा मतदान गर्नबाट बञ्चित रहँदै आएका थिए ।
काँग्रेसले यसपटकको निर्वाचनमा कुनै दलसंग गठबन्ध नगरी १ सय ६५ निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्ने निर्णय गरेपछि काँग्रेका समर्थकले रुख चुनाव चिन्हमा १२ बर्षपछि मतदान गर्ने अवसर पाएका छन् ।
विगतमा गठबन्धनका कारण पार्टीलाई घाटा भएको जनाउँदै यसपटक पार्टी उपसभापति यादवलाई उम्मेदवार बनाएपछि काँग्रेसी कार्यकर्तामा उत्साह छाएको नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति महानन्द यादवले बताए ।
उनले काँग्रेसप्रति जनताको रुझान रहेपनि विगतमा चुनावको क्रममा गरिएको तालमेल र गठबन्धनबाट अन्यदललाई फाइदा र काँग्रेसलाई भने घाटा व्यहोर्नु परेको तर्क गरे । “संगठन बलियो बनाउन पनि पार्टीले यसपल्ट एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको हो” क्षेत्रिय सभापति यादवले भने ।
२०७० सालको दोस्रो संविधानसभामा यस क्षेत्रबाट नेपाली काँग्रेसका तर्फबाट पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी उम्मेदवार थिए । त्यसपछि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले केन्द्रमा भएको सहमति अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका थिए । २०७९ मा पाँच दलिय गठबन्धन बन्दा सप्तरी २ लोसपाको भागमा परेको थियो । जसकारण काँग्रेसले उम्मेदवार नै उठाउन पाएनन् ।
गठबन्धन र तालमेलको कारण सप्तरी २ बाट काँग्रेसले प्रत्यक्ष तर्फ उम्मेदवार उठाउन नसक्दा यस क्षेत्रका काँग्रेसीमा निराशा छाएको जिल्ला सभापति रामदेव साहले बताए । उनले यो चुनावमा काँग्रेस एक्लै जाने गरेको निर्णयले यहाँका स्थानिय नेता÷कार्यकर्तामा उर्जाको सञ्चार भएको प्रतिक्रिया दिए ।
विगतमा भएको गठबन्धनको राजनीतिले काँग्रेसलाई फाइदा भन्दा पनि नोक्सान पु¥याएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवले बताए । उनले गठबन्धनका कारण पार्टीको अस्तित्व नै संकटमा पर्दै गएको भन्दै यसपालि काँग्रेस एक्लै चुनावमा होमिएको र ४ वटै क्षेत्रमा एक्लै जित्न सक्ने सम्भावना रहेको दावी समेत गरे ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरीको ३ र ४ नम्बरमा क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरी विजयी भएका थिए । क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरलाई समर्थन गर्दै काँग्रेसको तर्फबाट उम्मेदवारी परेको थिएन् ।
यसक्षेत्रमा काँग्रेका रामकुमार यादव संगै जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, जसपा नेपालका उमेश प्रसाद यादव, रास्वपाका रामजी यादव, राष्ट्रिय मुक्ति पार्टीका अनिस अन्सारी, नेपाल जनता पार्टीका रञ्जु ठाकुर, स्वाभिमान पार्टीका सतिश कुमार सिंह, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी, नेपाली कम्युनिष्ट पार्टीका सुर्यनाथ यादव मुख्य प्रतिस्पर्धामा देखिएका छन् । यस क्षेत्रमा कुल १ लाख ५ हजार ९ सय २२ जना मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ