News Category 2082/10/20
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह यादवले २०६४ सालदेखी लगातार मधेश केन्द्रित दल कै उम्मेदवार जित्दै आएको अवस्थामा पनि सप्तरी क्षेत्र नं. २ मा कुनै सुधार नभएको आरोप लगाएका छन् ।
मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले सो आरोप लगाउदै यहाँको राजनीति र विकासीय कामको सुस्तता देखेर यसलाई गति प्रदान गर्न प्राथमिक्ताका विभिन्न एजेण्डा सहित आपृmु यसै क्षेत्रबाट उम्मेदवार बनेको उनले बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा झण्डै ७८ जना युवाले ज्यान गुमाउनुको मुख्य कारण बेथिती, भ्रष्टाचार र यस्तै प्रवृति भएको जिकिर समेत गरे ।
पत्रकार सम्मेलनमा उनले ११ बुंदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । जसमा गजेन्द्र नारायण सिह अस्पताललाई सुविधा सम्पन्न बनाउने, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षाको ब्यवस्था गरिने, छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्ने लगायत रहेको छ ।
यस्तै भारतीय सिमा संग जोडिएको राजविराज–कुनौली सडकखण्डको स्तरोन्नती, क्षेत्र भित्रका सबै लिंक रोडहरुको मर्मत सम्भार र निर्माण, किसानलाई समय मै मलखाद्य, विऊ विजनको ब्यवस्था, सबै पालिकामा पूस्तकालयको स्थापना, राजविराज विमानस्थलबाट दैनिक २ हवाई उडानको व्यवस्था, सामुहिक विद्यालयहरुको स्तरोन्नती तथा गुणस्तरीय शिक्षाको व्यव्स्था लगायतका कार्य आफ्नो प्राथमिक्तामा रहेको उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन ।
जनमत पार्टी भित्र लोकतन्त्र जिवित नरहेकाले सो पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ दल निर्माण गरिएको खुलासा समेत गरेका छन । विगतमा नेताहरु आफ्नो जमिन बेचेर राजनीतिक गर्ने गरेको सुनाउँदै उनले भने “अहिले भने जग्गा जमिन र महल जोड्ने उद्देश्यले केहि ब्यक्ती राजनीतिमा लाग्दा जनतामा त्यस्ता नेताहरुप्रति वितृष्णा फैलिदै गएको छ ।”
सप्तरीको क्षेत्र नं. २ मा उनी संगै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत, स्वाभिमान पार्टीका सतिश कुमार सिंह, रास्वपाका रामजी यादव, जसपा नेपालका उमेश यादव, नेपाली काँग्रेसका रामकुमार यादव, राष्ट्रिय मुक्ती पार्टीका अनिस अंसारी, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी मुख्य प्रतिस्पर्धामा देखिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ