News Category 2072/01/11
तीन सवारीसाधन ठोक्किदा एकको मृत्यु, दुई गम्भिर
दैनिक संवाददाता
राजविराज, १० बैशाख ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ जस्स्थित पूर्वपश्चिम राजमार्गमा बिहिबार बिहान एकैसाथ तिन सवारीसाधन ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको स. १ त २८४७ नम्बरको ट्याक्टर, बा. २४ प ९९९७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आइरहेको को. १ च ८४८४ नम्बरको कार एक–आपसमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकलका चालक सप्तरीको डिमन निवासी २६ बर्षिय अमित कुमार यादव र मोटरसाईकल पछाडी सवार रायपुर गाविस ७ का २४ बर्षिय लिलाकान्त यादव र कारमा सवार बिराटनगर उपमहानगरपालिका ९ निवासी ४१ बर्षिय गोबिन्द लुइटेल गम्भिर घाईते भएका हुन् ।
घाईते मध्ये रायपुर गाविस ७ का लिलाकान्त यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतिले जानकारी दिनुभयो । त्यस्तै दुर्घटनामा घाईते मोटरसाईकल चालक यादवको धरान घोपा केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । भने लुईटेलको स्थानिय युनिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको तथा दुर्घटनामा संलग्न तिनवटै सवारी साधन र कार चालकलाई हाल आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कयाणपुरले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेकोले उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ