News Category 2082/10/22
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र भइरहेको गुनासो पोखेका छन् ।
बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोख्दै आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेकोमा त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् ।
रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बेला आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर विपक्षिहरुले विभिन्न जालझेल, प्रपञ्च र झुठा आरोप लगाउन थालेको उनको दाबी छ ।
उक्त विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै योगदान गरेको र एक महिनाअघि मात्र आमाको नाममा रहेको १४ कठ बहुमुल्य जग्गा दान दिएको भन्दै उनले दाता परिवारलाई लाखौं रुँपैया हिनामिना गरेको विपक्षिले लगाएको आरोप बिल्कुलै निराधार रहेको दाबी गरे ।
उनले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा अघि नै ७५ प्रतिशत काम सम्पन्न भइसकेको तथा आफूले तोकिएकै बजेटको परिधिमा रही बाँकीे काम सम्पन्न गरेको जानकारी दिए । सोही विषयलाई लिएर अहिले विपक्षिहरुले बदनाम र चरित्रहत्या गर्ने नियतले आयोगमा झुठ उजुरी दिएको दाबी समेत गरे ।
यता उनीसहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले विद्यालय भवन निर्माण कार्य विषयमा सोधपुछका लागि शुक्रवार बोलाएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नं. ५ स्थित श्री कान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उनी सँगै रामसागर मण्डल, सत्येन्द्र कुमार मण्डल, कन्दीदेवी सदा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरन मण्डल, सुभाष कुमार साह र योगेन्द्र प्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकोले शुक्रवार उपस्थित गराई दिन डाक्नेश्वर नगरपालिकालाई अख्तियारले गरेको पत्राचारमा उल्लेख छ ।
सो विद्यालयको विद्यालय भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछी छानबिनका क्रममा बयानका लागि उनीहरुलाई बोलाइएको बुझिएको छ । आयोगले गरेको पत्राचारमा रास्वपा उम्मेदवार चौधरीसहित अन्य ९ जनालाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनेर सम्बोधन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ